९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताउनुभएको छ ।

कांगेसको विशेष महाधिवेशन पक्षधरद्धारा आह्वान गरिएको विशेष महाधिवेशनको उद्घाटन भइरहेको सन्दर्भमा उहाँले आज भिडिओ सन्देश जारी गर्दै आफू पार्टीगत रुपमा कुनै व्यक्तिगत स्वार्थमा नअल्झिएको स्पष्ट पार्नुभयो ।

“म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिन, म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्ष केही छैन, मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन, यस्ता अवसरहरू आए तर, मैले रुचि देखाइन, त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाइ लोभ्याउँदैन”, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो परिवारको जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको बताउनुभयो । नेता कोइरालाले पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको जानकारी गराउनुभएको छ । महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर रहेको भन्दै विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आएका उहाँको भनाइ छ ।