३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीका सुरक्षा सल्लाहकार र राजदूत आचार्यबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेका छन् । भारतस्थित नेपाली दूतावासका अनुसार माघ २२ गते डोभलकै कार्यालयमा राजदूत सल्लाहकारबीच कुराकानी भएको छ । भेटका क्रममा दुई देशबीच मित्रवत सम्बन्धका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री मोदीको क्याविनेटमा डोभललाई सबभन्दा शक्तिशाली मानिन्छ । उनी प्रधानमन्त्री मोदीका सल्लाहकार भएपनि एउटा क्यविनेट मन्त्रीको हैसियत दिइएको छ । नेपाल मामिलाका जानकार समेत रहेका डोभलसँगको भेटका विषयमा थप बुझ्नका लागि आचार्यलाई पटक पटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।