४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाइँदै

चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाइँदै
अ+ अ-

बेइजिङ । राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ । सञ्चारमाध्यमहरूले जनाएअनुसार चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोना भाइरस सङ्क्रमणले प्रकोपको स्वरूप लिने सम्भावना रहेको भन्दै यसप्रति विश्व स्वास्थ्य संगठन तथा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा शुक्रवार आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । वुहानको केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ लीको डाक्टरको उत्तम प्रयासको बावजुद कोरोना भाइरस सङक्रमित भएपछि शुक्रवार बिहान मृत्यु भएको हो । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शुक्रबार एक विज्ञप्तिमार्फत् लीको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

एनएचसीले चिकित्सा कर्मीहरु, जसले व्यक्तिगत चुनौती र जोखिमबीच महामारी नियन्त्रणको नेतृत्व गरिरहेका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति बिशेष आभार प्रकट गर्दै उनीहरूको राज्यबाट उच्च मूल्याङ्कन भएको उल्लेख गरेको छ । महामारी नियन्त्रणको यो अत्यन्त महत्वपूर्ण घडीमा सम्पूर्ण समाजले चिकित्साकर्मीहरूलाई बढी सहयोग गर्नु पर्छ साथै समस्यालाई पार गर्न र भाइरसको प्रकोप विरुद्धको लडाईमाथि विजयका लागि एकजुट बन्नुपर्छ, एनएचसीले भनेको छ ।

यसबाहेक वुहान नगरपालिका प्रशासनले शुक्रवार एक सूचनामा लीको मृत्युप्रति शोक व्यक्त गरेको छ । “हामी यस घडीमा उहाँको निधनप्रति गहिरो समवेदना व्यक्त गर्छौं, महामारीको बिरूद्ध अग्रमोर्चामा लड्ने उहाँलाई सम्मान व्यक्त गर्दछौँ साथै उहाँको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं,” स्थानीय नगर प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।