जडेयाैरी
एउटा टोपी
एउटा पछेयौरी
एउटा लौरी टेकेर
एउटा कोठा
एउटा ढोका
एउटा पुस्तक बोकेर
एउटा ज्यान
एक मुठि श्वास र जीवन मागिरहेछु ।
देउ जे दिन्छौ
आखिर जडेयौरी भए पनि देउ ।
के मेरो माया
के मैले मुछेको पिठो
मैले पारेको मोही
मैले रोपेको सुपारी
यी सबै अरुकै झैं थिए र ?
ती सपनाहरु
ती रहरहरु
मेरै लागि मात्र थिए र ?
आज म एक्लो
फगत एक्लो छु
मन्दिरमा देउता भेट्न आउनेहरु
देउता सँग माग्न आउनेहरु
सबै लिन मात्रै आएका हुन् त ?
मलाई तिमिले लगाएको
शिरको टोपी लाउन पाए पुग्छ ।
पछेउरी ओढ्न पाए पुग्छ ।
लौरी त तिमीले नि टेक्न थाल्यौ होला ।
मलाई त्यही तिमी बसेको
तिमीले थोत्रो बनाएको
मेरो घरको
एउटा कोठा देउ
मलाई थाहा छ
मलाई थाहा छ
माया जडेयौरी पक्कै हुँदैन ।
देवी प्याकुरेल ( आकाशको बादल )
सुनसरी
मितिः २०७६ माघ २४ गते, दाङ्ग