१ असार २०८३, सोमबार
,
Latest
गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडेयौरी



अ+ अ-
देवी प्याकुरेल

जडेयाैरी

एउटा टोपी
एउटा पछेयौरी
एउटा लौरी टेकेर
एउटा कोठा
एउटा ढोका
एउटा पुस्तक बोकेर
एउटा ज्यान
एक मुठि श्वास र जीवन मागिरहेछु ।
देउ जे दिन्छौ
आखिर जडेयौरी भए पनि देउ ।

के मेरो माया
के मैले मुछेको पिठो
मैले पारेको मोही
मैले रोपेको सुपारी
यी सबै अरुकै झैं थिए र ?

ती सपनाहरु
ती रहरहरु
मेरै लागि मात्र थिए र ?

आज म एक्लो
फगत एक्लो छु
मन्दिरमा देउता भेट्न आउनेहरु
देउता सँग माग्न आउनेहरु
सबै लिन मात्रै आएका हुन् त ?

मलाई तिमिले लगाएको
शिरको टोपी लाउन पाए पुग्छ ।
पछेउरी ओढ्न पाए पुग्छ ।
लौरी त तिमीले नि टेक्न थाल्यौ होला ।
मलाई त्यही तिमी बसेको
तिमीले थोत्रो बनाएको
मेरो घरको
एउटा कोठा देउ
मलाई थाहा छ
मलाई थाहा छ
माया जडेयौरी पक्कै हुँदैन ।

देवी प्याकुरेल ( आकाशको बादल )
सुनसरी

मितिः २०७६ माघ २४ गते, दाङ्ग