२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग, जाउलाखेल युथ क्लब विजयी



अ+ अ-

काठमाडाैंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ । शनिबार एन्फा मैदान सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा जाउलाखेलले फ्रेण्ड्स क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो ।

जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८ औं मिनेटमा गोल गरेका थिए । आजको जितसँगै जाउलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौ स्थान कायम गरेको छ । आजको हारपछि फ्रेन्ड्स क्बल १४ अंकमा सिमित रहँदै नवौं स्थानमा छ । शनिबार नै हुने भनिएको मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल भने स्थगित भएको छ ।

शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारण स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।