२७ भाद्र २०८३, शनिबार
,
Latest
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग, जाउलाखेल युथ क्लब विजयी



अ+ अ-

काठमाडाैंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ । शनिबार एन्फा मैदान सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा जाउलाखेलले फ्रेण्ड्स क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो ।

जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८ औं मिनेटमा गोल गरेका थिए । आजको जितसँगै जाउलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौ स्थान कायम गरेको छ । आजको हारपछि फ्रेन्ड्स क्बल १४ अंकमा सिमित रहँदै नवौं स्थानमा छ । शनिबार नै हुने भनिएको मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल भने स्थगित भएको छ ।

शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारण स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।