२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोकौँः प्रवक्ता महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित नरहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कर्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेकाले अहिले विशेष महाधिवेशन सान्दर्भिक नभएको बताउनु भयो । उहाँले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न आग्रह गर्नुभयो । आम निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको सन्दर्भमा तत्काल रोक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले एउटा निर्णय गरिसकेको छ । नियमित अधिवेशन गर्ने । नियमित अधिवेशन यो समयमा सम्पन्न गर्न नसकिने अवस्थामा संशोधित कार्यतालिका पास गरेको छ । त्यो निर्णय हामी सबैले मान्नुपर्छ । पदाधिकारी साथीहरुले त झन निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ । यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन । विशेष अधिवेशनमा सहभागी हुन हुँदैन । आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ । हामी अझै चाहन्छौँ, विशेष अधिवेशनको सन्दर्भलाई यहीँ रोकौँ । सम्पूर्ण पार्टी एकत्रित भएर जाऔँ । आम निर्वाचनमा जाने क्रममा एजेण्डा लिएर जानेबारे सोचौँ । आम कार्यकर्ताको भावनाअनुसार पार्टी चल्ने हो । यो अवस्थामा हामी विभाजित हुने होइन, एकत्रित भएर सम्पूर्ण शक्ति लगाएर आम निर्वाचनमा केन्द्रित हुनुपर्छ । नीतिगत प्रश्तावहरु केन्द्रिय समितिबाट पारित गरौँ ।’

प्रवक्ता महतले अहिले काँग्रेस विचाजित हुने नभइ एकत्रित भएर आम निर्वाचनमा लाग्ने बेला भएको बताउनु भयो ।