१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

यस वर्ष महाशिवरात्रिमा पासविना नै पशुपतिको दर्शन गर्न पाइने

यस वर्ष महाशिवरात्रिमा पासविना नै पशुपतिको दर्शन गर्न पाइने
अ अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन र पूजाआजाका लागि पास विना नै प्रवेश गर्न दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको महाशिवरात्रि मूल समारोह समितिको पहिलो बैठकले पासको व्यवस्था खारेज गरेको हो । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मा दिइएको छ । पशुपतिको भित्री सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । मन्दिर दर्शनका लागि जुन ढोकाबाट प्रवेश गर्छन् भक्तजनलाई त्यही ढोकाबाट फर्किने व्यवस्था गरिएको उनको भनाइ छ ।

Image result for महाशिवरात्रि पशुपति

यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाइने भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १ सय ११ सदस्यीय मूलसमारोह समिति गठन गरी मनाउन लागिएको छ । समितिले पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा रहेका हिन्दू धर्मसँग सम्बन्धित संस्थालाई पनि पत्राचार गर्न लागिएको जानकारी दिए ।

‘विशेषगरी भारतका हिन्दू धर्मसँग सम्बन्धित संस्थाका प्रतिनिधि महाशिवरात्रिमा सहभागी गराइनेछ । सो संस्थालाई भ्रमण वर्ष सचिवालयले पत्राचार गर्नेछ, यसका लागि पशुपति क्षेत्रमा विशेष सफाइ गर्नुपर्नेछ, शौचालयमा पानीको व्यवस्थालगायत तयारी गर्न कोषलाई निर्देशन दिइएको छ । पशुपतिनाथ विश्वस्तरमै पहिचानको केन्द्र भएकाले यहाँ पर्यटक भित्र्याउन भ्रमण वर्षको अवसरमा प्रचारप्रसार गरिने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले जानकारी दिए । कोषको सदस्य सचिव डा. प्रदीप ढकालले यसवर्ष पनि महाशिवरात्रिमा पशुपति प्रवेशका लागि पासको व्यवस्था नगरिएको जानकारी दिए ।

महाशिवरात्रिमा पशुपति आउने साधु सन्तको खानपानको व्यवस्थाका लागि गुठी संस्थान र अन्नपूर्ण भण्डारलाई जिम्मेवारी दिइएको उनले कार्यक्रममा जानकारी दिए । यसअघि नै पशुपति क्षेत्रलाई मगन्ते र प्लास्टिकरहित क्षेत्र घोषणा गरिएको छ । घोषणा गरिए पनि पूर्णरूपमा कार्यान्वयनमा नआएको भक्तजनको गुनासो पटक–पटक आउने गरेको छ । महाशिवरात्रिको विशेष तयारीका लागि विभिन्न ११ वटा उपसमिति गठन गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिएका छन् । सौर्य दैनिकबाट