१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

धरहरा पुनर्निर्माण: एक वर्षमा मात्र ३७ प्रतिशत काम

धरहरा पुनर्निर्माण: एक वर्षमा मात्र ३७ प्रतिशत काम
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९ महिनाभित्र धरहरा पुनर्निर्माण गरिसक्ने दाबी गरेको छ । भूकम्पले भत्काएपछि लामो समयदेखि बन्न नसकेको सो धरहरा गत वर्षबाट बनाउन सुरु गरिएको हो । तर, यो एक वर्षमा केवल ३७ प्रतिशत काम सकेको प्राधिकरणले थप ९ महिनामा ६३ प्रतिशत काम सक्ने लक्ष्य लिएको छ । जुन भेटाउन मुस्किल देखिन्छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ १२ पुस ०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास भएको १३ महिनामा जम्मा ३७ प्रतिशत काम सम्पन्न भएको छ ।

धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति करिब ३१ प्रतिशत रहेको प्रधिकरणले जानकारी दिएको छ । निर्माण अवधिको बाँकी नौ महिनामा धरहराको मुख्य संरचना तयार भइसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले बताएका छन् । अहिले धरहराको सातौँ तलाको ढलान कार्य जारी छ । प्रत्येक १५ दिनमा एक तला ढलान गर्नेगरी काम भइरहेको छ । अबको ६ देखि सात महिनाभित्र संरचना निर्माणको काम सकिसक्ने उनको दाबी छ । त्यससँगै फिनिसिङको काम पनि अघि बढ्ने प्रधिकरणको भनाइ छ ।

धरहरा परिसरमा रहेका विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी, हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको कार्यालय र कर्मचारी सञ्चय कोषको संरचना हटाउँदा ढिलाई भएको उनको भनाइ छ । पहिला पाँच रोपनी क्षेत्रफलमा रहेको धरहरा अहिले अन्य संरचना भत्काएर विस्तार गर्दा ४२ रोपनी क्षेत्रफल भएको छ । धरहरा पुनर्निर्माणका लागि मूल्य अभिवृद्धि करसहित ३ अर्ब ४८ करोड लाग्नेछ । धरहराको अनुमानित लागत ५अर्ब ४६ करोड रहेको छ । धरहराको भुइँतलामा तीन तले पार्किङ निर्माणको काम धमाधम भइरहेको छ । धरहरा परिसरमा २२ तले टावर, तीन तले पार्किङ र संग्र्रहालयको समानन्तर ढंगले काम भइरहेको आयोजनाले जनाएको छ ।

सम्पदा पुननिर्माणमा ढिलाइ भइरहेका वेला राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान ऐतिहासिक सम्पदाको निरीक्षण गरेकी छन् । रानीपोखरी र दरबार हाइस्कुलको अवलोकनपछि सुन्धारास्थित धरहरा निर्माणस्थलमा उनी पुगेकी थिइन् । पुनर्निर्माण अवलोकन गर्नुका साथै निर्माण कार्यको संरचना र वस्तुगत अवस्थाका बारेमा उनले जानकारी लिइन् । धरहरा अवलोकनपछि राष्ट्रपति भण्डारीले सम्पदा पुनर्निर्माणको काम उत्साहजनक रूपमा भएको पाइएको बताएकी थिइन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पबाट प्रभावित सम्पदाको पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिका, पुरातत्व विभागलगायत सरोकारवाला निकायको समन्वयमा पुनर्निर्माणको काम प्रभावकारी रूपमा भइरहेको बताएका छन् ।

प्रधानमन्त्रीको अवधारणा अनुरूप धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । अब निर्माण हुने धरहरा ७९ दशमलव २ मिटर २५७ दशमलव ४ फिट अग्लो हुनेछ । बाहिरबाट ११ तलामा धरहराको भित्रभित्र २२ तला हुनेछन् । तीमध्ये २०औँ तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एकपटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ । लिफ्टमा चढेर २०औँ तलामा पुगेपछि त्यहीबाट काठमाडौं अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन् ।

त्यसको भुइँ तलामा धरहरासम्बन्धी संग्र्रहालय हुनेछ । भूकम्पका क्रममा भत्किएको धरहराको ठुटोलाई शिशाले घेरेर राखिनेछ । धरहराको बेसमेन्टमा ३ सय ४७ वटा कार र ७ सयवटा मोटरसाइकल अट्ने पार्किङ हुनेछ । त्यस्तै परिसरमा बगैँचा र पानीको फोहोरा सञ्चालन हुनेछ । पानीको फोहोरा ५० फिट अग्लो हुनेछ । सन् १८३२ तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले रानी ललित त्रिपुरासुन्दरीको खुसीका लागि धरहरा निर्माण गरिएको इतिहासको दस्तावेजमा उल्लेख छ । सुरुको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सौर्य दैनिकबाट