१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा गरिब प्रदेश २



अ+ अ-

जनकपुरधाम । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ । गास। बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ । प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ । बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ ।


महोत्तरी जिल्लास्थित लोहारपट्टी नगरपालिका सदा (मुसहर) टोलका बालबालिका  । तस्बिर : गोविन्द महतो

नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ । आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा छ । मानव विकास सूचकांकमा भने पुछारमा छ । आयोगका अनुसार समग्र नेपालमा शून्य.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ । ‘यसले प्रदेश धेरै पछाडि परेको देखाउँछ’, नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले भने, ‘प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर आर्थिक गरिबी घटाउने लक्ष्य लिएको छ ।’ पञ्चवर्षीय योजनाको आधारपत्रमा २७.७ प्रतिशत आर्थिक गरिबीलाई आगामी पाँच वर्षमा २१ प्रतिशतमा झार्ने लक्ष्य छ ।

रौतहट सबैभन्दा पछाडि:नीति आयोगको तथ्यांकअनुसार प्रदेश २ का ८ जिल्लामध्ये सबैभन्दा बढी बहुआयामिक गरिबी रौतहटमा छ । रौतहटमा सबैभन्दा बढी ४६.४३ प्रतिशत गरिबी छ ।
दोस्रो गरिब जिल्लाका रुपमा महोत्तरी छ । महोत्तरीमा ४४.७५ प्रतिशत गरिबी रहेको तथ्यांक छ । तेस्रो गरिब जिल्ला सर्लाहीमा ४३.८६ प्रतिशत गरिबी छ । गरिबीमा सिरहा चौथो र धनुषा पाँचौं नम्बरमा छन् । सिरहामा ४२.६२ प्रतिशत गरिबी छ भने धनुषामा ४१ प्रतिशत गरिबी छ ।

छैटौं गरिब जिल्लाका रूपमा बारा छ । बारामा ४०.०९ प्रतिशत गरिबी छ । तथ्यांकमा सातौं गरिब सप्तरी र आठौं पर्सा छन् । सप्तरीमा ३८.३४ र पर्सामा ३६.३७ प्रतिशत गरिबी छ । पर्साको मानव विकास सूचकांकको अवस्था ०.४२१ छ । सप्तरीको ०.४३७, सिरहाको ०.४०८, धनुषाको ०.४०१, महोत्तरीको ०.३८८, सर्लाहीको ०.४०२, रौतहटको ०.३८६, बाराको ०.३८६ र पर्साको मानव विकास सूचकांक ०.४६४ रहेको प्रदेश नीति आयोगले जनाएको छ । अन्नपुर्णपोष्ट दैनिकबाट