३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित

सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित
अ+ अ-

एजेन्सी । विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ । विज्ञहरूका अनुसार यसले समुद्री सतहको वृद्धि, शक्तिशाली आँधीबेहरी र कोरल नष्ट हुने जोखिमलाई अझ तीव्र बनाएको छ ।

अध्ययनअनुसार सन् २०२५ मा महासागरमा जम्मा भएको अतिरिक्त ताप करिब २३ जेटाजुलले बढेको छ । यो झण्डै चार दशकको विश्वव्यापी प्राथमिक ऊर्जा खपतको बराबर हो । यो तथ्य ‘एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ । आधुनिक रेकर्ड राख्न सुरु गरिएको सन् १९५० को दशकयताकै सबैभन्दा उच्च स्तरको महासागरीय ताप रहेको अध्ययनले देखाएको छ ।

यो निष्कर्ष निकाल्न विश्वका ३१ अनुसन्धान संस्थामा आबद्ध ५० भन्दा बढी वैज्ञानिकले विभिन्न स्रोतको प्रयोग गरेका थिए । तीमध्ये हजारौँ फ्लोटिङ रोबोटहरू पनि रहेका छन्, जसले समुद्रको सतहदेखि करिब दुई हजार मिटर गहिराइसम्म तापक्रम र अन्य परिवर्तनहरू निरन्तर मापन गर्छन् ।

अध्ययनकी सह–लेखक तथा फ्रान्सेली अनुसन्धान संस्था मर्केटर ओसन इन्टरनेसनलकी समुद्रविद् करिना भोन सकम्यानका अनुसार सतहभन्दा गहिराइमा केन्द्रित अध्ययनले मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण महासागरमाथि परिरहेको ‘निरन्तर दबाब’ लाई अझ स्पष्ट रूपमा देखाउँछ । उहाँले भन्नुभयो, “तस्वीर एकदमै स्पष्ट छ । सन् २०२५ का नतिजाले समुद्रको तापक्रम निरन्तर बढ्दै गएको पुष्टि गर्छ ।”

महासागर पृथ्वीको जलवायु प्रणालीका प्रमुख नियामक मानिन्छन्, किनकि मानवले कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यास उत्सर्जन गर्दा वायुमण्डलमा जम्मा हुने अतिरिक्त तापमध्ये करिब ९० प्रतिशत महासागरले नै अवशोषण गर्छन् । तर यही अतिरिक्त ऊर्जाले गम्भीर प्रभावहरू पनि निम्त्याइरहेको छ ।

तातो महासागरले वायुमण्डलमा आद्र्रता बढाउँछ, जसले उष्णकटिबन्धीय चक्रवात र विनाशकारी वर्षालाई थप शक्तिशाली बनाउँछ । पानी तातिँदा फैलिने भएकाले समुद्री सतहको स्तर बढ्ने प्रक्रियामा पनि यसले प्रत्यक्ष योगदान पुर्‍याउँछ । साथै, उष्णकटिबन्धीय समुद्री चट्टानहरूमा रहेका कोरलहरू लामो समयसम्म चल्ने समुद्री गर्मी छालका कारण नष्ट हुने अवस्थामा पुगेका छन् ।

भोन सकम्यानले भन्नुभयो, “जबसम्म पृथ्वीले ताप जम्मा गर्न जारी राख्छ, महासागरको ताप बढिरहनेछ, समुद्री सतह उकासिनेछ र नयाँ–नयाँ रेकर्डहरू कायम हुँदै जानेछन् ।”

अध्ययनले महासागरको तापक्रम सबै क्षेत्रमा समान नभएको पनि देखाएको छ । केही क्षेत्रहरू अन्यभन्दा छिटो तातिरहेका छन् । सन् २०२५ मा उष्णकटिबन्धीय महासागर, दक्षिण अटलान्टिक, भूमध्यसागर, उत्तरी हिन्द महासागर र दक्षिणी महासागरले रेकर्ड मात्रामा ताप अवशोषित गरेका थिए ।

यद्यपि सन् २०२५ मा औसत समुद्री सतहको तापक्रम अघिल्ला वर्षको तुलनामा केही घटेको देखिए पनि यो अझैसम्म मापन गरिएका तेस्रो–उच्चतम स्तरमै रहेको अध्ययनले जनाएको छ । वैज्ञानिकहरूका अनुसार यो कमी सन् २०२३–२०२४ मा देखिएको शक्तिशाली ‘एल निनो’ ताप प्रभावबाट ‘ला निन्या’ प्रकारको अवस्थातर्फको सङ्क्रमणसँग सम्बन्धित हो, जसले समुद्री सतहलाई अस्थायी रूपमा केही चिस्याउँछ ।

तर दीर्घकालीन रूपमा हेर्दा जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढिरहेकाले महासागर तातिने गति झनै तीव्र हुँदै गएको छ । विज्ञहरूका अनुसार जबसम्म ग्लोबल वार्मिङलाई नियन्त्रणमा ल्याइँदैन, महासागरले हरेक वर्ष नयाँ रेकर्ड तोड्दै जानेछन् ।

भोन सकम्यानले चेतावनी दिँदै भन्नुभयो, “अब जलवायु प्रणालीको सबैभन्दा ठूलो अनिश्चितता भौतिक विज्ञान होइन, मानवताले गर्ने छनोट हो ।” उहाँका अनुसार तीव्र रूपमा उत्सर्जन कटौती गर्न सके भविष्यका गम्भीर प्रभावहरू सीमित गर्न सकिन्छ र समाज तथा प्राकृतिक प्रणालीहरू फस्टाउन सक्ने जलवायु जोगाउन सहयोग पुग्नेछ ।