१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेश्रो द टाइम्सको विजेता हुमी बुढा मगर



अ+ अ-

शहिद रामनाथ मल्टीपल कलेजकी हुमी बुढा मगर तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेसको महिलातर्फ शनिबार पहिलो भएकी छन् । गत संस्करणको पनि विजेता हुमीले निर्धारित दूरी २१ मिनेट २१.९८ सेकेन्डमा पूरा गरिन् । जोसेफ उमाविकी प्रीति राई दोश्रो तथा नेपालय एजुकेसन फाउन्डेसन स्कुलकी विनिता तामाङ तेश्रो भए । निर्धारित दूरी तय गर्न प्रीतिले २२ मिनेट ५१.०९ सेकेन्ड तथा विनिताले २३ मिनेट ०७.७९ सेकेन्ड समय लगाए ।

शीर्ष तीन स्थानमा रहनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।पुरुषतर्फको नतिजा भने प्राविधिक कारणले पछि मात्र घोषणा गरिने आयोजक द टाइम्स इन्टरनेसनल कलेज, म्यानेजमेन्ट क्लबले जनाएको छ ।

विजेतालाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । रेस डिल्लीबजारस्थित टाइम्स कलेजको हाताबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः टाइम्स कलेजमै आएर टुंगिएको थियो ।