२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेश्रो द टाइम्सको विजेता हुमी बुढा मगर



अ+ अ-

शहिद रामनाथ मल्टीपल कलेजकी हुमी बुढा मगर तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेसको महिलातर्फ शनिबार पहिलो भएकी छन् । गत संस्करणको पनि विजेता हुमीले निर्धारित दूरी २१ मिनेट २१.९८ सेकेन्डमा पूरा गरिन् । जोसेफ उमाविकी प्रीति राई दोश्रो तथा नेपालय एजुकेसन फाउन्डेसन स्कुलकी विनिता तामाङ तेश्रो भए । निर्धारित दूरी तय गर्न प्रीतिले २२ मिनेट ५१.०९ सेकेन्ड तथा विनिताले २३ मिनेट ०७.७९ सेकेन्ड समय लगाए ।

शीर्ष तीन स्थानमा रहनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।पुरुषतर्फको नतिजा भने प्राविधिक कारणले पछि मात्र घोषणा गरिने आयोजक द टाइम्स इन्टरनेसनल कलेज, म्यानेजमेन्ट क्लबले जनाएको छ ।

विजेतालाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । रेस डिल्लीबजारस्थित टाइम्स कलेजको हाताबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः टाइम्स कलेजमै आएर टुंगिएको थियो ।