२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ सय भन्दा बढी



अ+ अ-

उहान । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट २ हजार ६१८ जना सङ्क्रमित भएका बताइएको छ ।

आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएकका छन् । हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरुमा १ हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन् । आइतबार एकै दिनमा ज्यान गुमाउनेमा पनि ७३ जना उहानका नै रहेका जनाइएको छ ।

हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६३१ जनामा कोरोना भाइरस सङ्क्रमित भएका थिए । गत वर्षको अन्त्यतिरबाट चीनको हुबेई प्रान्तको प्रान्तीय राजधानी उहानबाट शुरु भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको छ । सङ्क्रमित रहेका २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।