३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनको बन्द सत्रमा समूहगत छलफलको प्रस्तुति जारी



अ+ अ-

काठमाडौ।नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिनको कार्यक्रम बिहीबार विहानबाट सुरु भएको छ । बन्द सत्र विहान ११ बजेबाट सुरु भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष  कृष्णबहादुर महाराको निर्देशनमा अध्यक्ष मण्डलकी सदस्य पूर्णा कुमारी सुबेदीले बन्द सत्र सञ्चालन गरिरहनुभएको छ ।

महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधानमाथि समूहगत छलफलको निष्कर्षहरु प्रस्तुत गर्ने कार्यक्रम अन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले प्रस्तुति राख्नुभएको छ ।

आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट  कृष्ण अधिकारीले समूहको प्रस्तुति राख्नुभएको छ । सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राख्नुभएको छ ।

महाधिवेशनको बन्द सत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो । बुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए । आज पाँचवटा समूहले प्रस्तुति राखिसकेका छन् । अब ९ वटा समूहको प्रस्तुति बाँकी छ ।