६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरोध नगरी सभा सञ्चालनमा सहयोग गर्न सभामुखको आग्रह



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी बैठक सञ्चालनमा सहयोग गर्न सम्बन्धित सांसद्हरुलाई विशेष अनुरोध गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद्हरुले आफूले कारवाही गरेका १४ सांसद्लाई सभामुखले कारवाही नगरेको भन्दै लगातार संसद् अवरोध गरिरहेका छन् ।

आजको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै संसद् बैठक अवरुद्ध गर्न खोजेपछि सभामुख सापकोटाले प्रतिनिधिसभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यसमेत अवरोधका कारण प्रभावित हुन पुगेको बताउनुभयो ।

उहाँले सभालाई रुलिङ गर्दै भन्नुभयो, “विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्यसञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो, संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भई जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकामा माननीय सदस्यहरुले मलाई पटक पटक ध्यानाकर्षण गराउनुभएको छ ।” उहाँले संसद्लाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ छ भन्दै अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सम्बन्धित सांसद्हरुलाई अनुरोध गर्नुभयो ।