१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्यानो कपडा वितरण



अ+ अ-

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ ।

सशस्त्र प्रहरीले आज यहाँ कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरुलाइ सल र उनीहरुका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले दिवसको अवसरमा सशस्त्र प्रहरीले न्यायो कपडा वितरण गरेको जानकारी दिनुभयो ।

त्यसैगरी सशस्त्र प्रहरीले आज नै वीरगञ्ज महानगर–१ छपकैयाँस्थित बविता पराजुली आधारभुत विद्यालयको प्राङ्गणमा आँखा शिविर सञ्चालन गरेको छ । सो शिविरबाट ७८ जना स्थानीयबासी लाभान्वित भएको जनाइएको छ ।