३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
अ+ अ-

गोरखा । केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला गर्यो । एक वर्षदेखि बन्द रहेको नाका खुल्ला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे । त्यही टोलीमा हुनुहुन्थ्यो छेकम गाउँका दोर्जे लामा ।

त्यहाँ उहाँले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाल्नुभयोे । सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उहाँ प्रभावित हुनुहुभयो । ‘तिब्बत जाँदा त्यहाँ मान्छेहरु घाँस काट्न जान परे पनि, गोठमा जाँदा पनि, बाहिर फेर जताततै हिँड्दा पनि बाइक वा स्कुटर चलाएर हिँडेको देखेँ । उताको जमिन र हाम्रो छेकम्पारको जमिन उस्तै त हो, डाँडाकाँडा, भिर पखेरा । यता पनि कसो नचल्ला त भनेर विचार गरेँ’, दोर्जे भन्नुहुन्छ, ‘पसलमा गएर भाउ सोधेको एक लाखमा बिजुलीबाट चार्ज गर्न मिल्ने स्कुटर आउँदो रहेछ । अनि जसो होला होला, विचार गर्नुप¥यो भनेर एउटा किनेर ल्याएको हुँ ।”

स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन । न त उहाँलाई स्कुटर चलाउने सीप नै थियो । मान्छे, खच्चड, याक, चौँरी मात्र जसोतसो हिँड्न मिल्ने बाटोमा स्कुटर ल्याउन पनि उहाँले धेरै नै मेहनत गर्नुप¥यो । ‘उता ९तिब्बत०बाट आउँदा उकालोमा हामी चार–पाँच जनाले बोक्यौँ, सजिलो बाटोमा कतै डोहो¥याउँदै, कतै एकजना चढ्ने, अरुले समात्ने गर्दै ल्याइपु¥यायौँ’, उहाँले भन्नुभयोे, ‘ल्याउँदा ल्याउँदै बाटोमै स्कुटर चलाउन जान्ने भइयो ।’
हिमालपारि छेकम्पारमा यसरी स्कुटर चलाउने लामा पहिलो व्यक्ति हुनुभएको छ । अचेल उहाँ स्कुटर हाकेर गाउँघर डुल्ने गर्नुहुन्छ । सडक सञ्जालले नछोएको र अझै दशौँ वर्ष सडक पुग्ने कल्पना नगरिएको चुमनुब्री–७ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकेर हिँड्ने गर्नुहुन्छ ।

घोडा चढेर गाउँघर, वनजङ्गल आवतजावत गर्ने छेकम्पारबासीकाबीच दोर्जे विद्युतीय स्कुटरमा सवार भएको देख्दा स्थानीवासी पनि प्रभावित छन् । ‘अहिले त मेरो मात्रै छ । सबैजनाले हामी पनि चढ्छौँ नि भनेर मागेर हैरान पार्छन् । चलाउन जान्दैनन् । बिर्गादिन्छन् झैँ लाग्छ’, दोर्जे भन्नुहुन्छ “अब आउँदो साल त अरुले पनि स्कुटर किन्ने भनेका छन् । अब गाउँमा सिँडी नबनाउने बरु स्कुटर चढ्ने सडक बनाउने निर्णय भइसक्यो ।”

छेकम्पारकै लामा गाउँका पासाङ फुन्जो लामाले भने विगत एक दशकअघि गाउँमा ट्र्याक्टर भित्र्याउनु भएको थियो । लामा चुमनुब्री–७ का निवर्तमान वडाअध्यक्ष पनि हुनुहुन्छ । सडकले नछोएको छेकम्पारमा लामाले भूकम्पपछि २०७२ सालमा रु १८ लाख पर्ने ट्र्याक्टर रु ३४ लाख भाडा तिरेर हेलिकाप्टरमार्फत गाउँमा ल्याउनुभएको थियो । ट्र्याक्टरका लागि आवश्यक पर्ने इन्धन भने उहाँले आरुघाटको आर्खेतबाट खच्चडमार्फत ल्याउने गर्नुहुन्छ ।

पासाङको ट्र्याक्टरमा निर्माण सामग्री ढुवानी गरी लामा गाउँमा गुम्बा र विद्यालय निर्माण भएका छन् । ट्र्याक्टर भने स्थानीय साम्डु लामाले चलाउने गरेका छन् । ट्र्याक्टर छेकम्पारको उकालोओरालोमा सजिलै आवतजावत गर्ने गरेको पासाङको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यसबाट खासै आम्दानी त हुँदैन तर यहाँ पूर्वाधार निर्माणका काममा निकै सजिलो भएको छ ।” छेकम्पारसम्म सडक आउला र नजिकका गाउँबस्तीमा पनि सजिलै ट्र्याक्टरमा सामान ढुवानी गर्न पाउँला भन्ने अपेक्षा पासाङफुन्जोलगायत सम्पूर्ण छेकम्पारवासीको छ । रासस