१ मंसिर २०८१, शनिबार
,
Latest
कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले सदन अवरुद्ध गर्दै आएको थियो । काँग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको सांसद दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको ठहर गरेको उनले जानकारी दिए ।

प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेसले आफ्ना धारणा राखेर बैठक सञ्चालनमा सहयोग पुर्याउने सांसद बडूले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा यही माघ २२ गते मुद्दा दायर गरेको थियो ।