१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसमा सहभागी हुने



अ+ अ-

काठमाडौं । नेकपाले यो पटक मनाउन थालेको जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवसमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । तत्कालीन नेकपा माओवादी र नेकपा एमालेबीच एकीकरण भएर नेकपा बनेपछि गतसाल पहिलो पटक मनाइएको सो दिवसमा अध्यक्ष ओली भने सहभागी भएका थिएनन् । तर यस पटक भने उनी सहभागी हुने भएका हुन् ।

एकीकरणलगत्तै सो पार्टीले जनआन्दोलन र जनयुद्ध शब्दलाई मिलाएर दिवस मनाउने निर्णय गरेपनि अध्यक्ष ओली उपस्थित भएका थिएनन् । अहिले भने अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सो अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन् ।

तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेबाट शसस्त्र जनयुद्ध थालनी गरेको दिनलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएको थियो । नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार योपटकको जनयुद्ध दिवस फागुन १ गते पार्टी कार्यालय धुम्बाराहीमा मनाउने तयारी गरिएको छ ।