२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीको मतगणना जारी: आम आदमीको अग्रता



अ+ अ-

नयाँ दिल्ली । भारतको दिल्ली विधानसभाको निर्वाचनको मतगणना दिउँसो दुई बजेसम्म जारी छ । प्राप्त पछिल्लो विवरणमा मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप) ले भारी अग्रता कायम गरेको छ । दिल्ली चुनाव आयोगद्वारा घोषित आधिकारिक विवरण अनुसार आपका उम्मेदवारहरु ५८ स्थानमा अग्रता कायम गरिरहेका छन् । कूल ७० सिट रहेको दिल्ली विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले १२ स्थानमा अग्रता बनाइरहेको छ ।

भारतीय राष्ट्रिय काँग्रेसका कुनै पनि उम्मेदवारले अग्रता बनाउन सकेका छैनन् । मुख्यमन्त्री अरविन्द केजरीवाल भाजपाका सुनिल कुमार यादवलाई पाँच हजारभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा छन् । आपका प्रमुख नेताहरुले विपक्षीको भन्दा भारी मतान्तरले अग्रता कायम गरिरहेका छन् तर उपमुख्यमन्त्री मनिष सिसोदिया भाजपाका उम्मेदवारभन्दा झिनो मतान्तरले पछि पर्नु भएको छ ।

दिल्लीमा गत शनिबार मतदान भएको थियो । चुनावी मतसर्वेक्षण र प्रारम्भिक चुनावी मतपरिणामले आप र भाजपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।