• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ?

लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने: कांग्रेस



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ । तिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरि संबैधानिक अंगहरुबाट काम भए कांग्रेस चुप लागेन नबस्ने चेतावनी दिएका हुन् । उनले भने “लोकतन्त्रलाई कमजोर गराउने गरि यदि कसैले काम कारवाही गर्छ भने प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्दैन । यही संसदबाट विरोधका गतिविधिलाई गरेर सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछ ।

कुनैपनि संबैधानिक अंगहरुले सरकारको प्रभावमा परेर कुनै पनि गलत काम गर्नुहुदैन,निर्णय गर्नुहुदैन । सरकारको छाया बन्नु हुदैन । यदि त्यो भयो भने लोकतान्त्रिक अभ्यास फेरि कमजोर हुदै जान्छ र त्यहा जनताको अधिकार सुनिश्चित हुदैन ।” संविधान अनुसार गठन भएको संबैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक पुर्वाग्रहमा परेर माघ २२ गते नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता बिजयकुमार गच्छदारमाथि भेदभावपुर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरेको र सो को पुष्टि सरकार आफैले गरेको दाबी उनले गरे ।

उनले भने “आयोगले अधिकार क्षेत्र भन्दा बाहिर गएर नेपाल सरकारबाट प्रभावित भएर पुर्वाग्रहपुर्ण ढंगले , राजनीतिक पुर्वाग्रह साँधेर मुद्धा दायर गरेको कुरा आरोप पत्रको व्यवहोरा पढ्दा स्पष्ट भएको थियो । अख्तियारले राजनीतिक पुर्वाग्रहमा परेर सरकारको छायामा परि आरोप पत्र दायर गरेको कुराको पुष्टी स्वयम नेपाल सरकारले गर्यो । नेपाल सरकारको प्रवक्ता तथा सूचनामन्त्रीले भन्नुभयो । यो सरकारको ठूलो उपलब्धि हो भनेर । सरकारले अख्तियारको काम माथि फेरी धावा बोल्यो । यदि सरकारको उपलब्धि हो भने संविधानमा यस्ता संंबैधानिक अंगको परिकल्पना किन गरियो ?”

अख्तियारले प्रतिशोधमा परेर मुद्धा दायर गरेको सर्वसाधरणले पनि थाहा पाएको भन्दै उनले अख्तियारको कामलाई आफ्नो उपलब्धि भनेर भन्ने सरकारसंग जवाफ माग गरे । “सरकारले यस्तो अभिव्यक्ति किन दिएको हो भन्ने कुरा पनि सदनले जानकारी माग्छ चाहन्छ ।” उनले भने “संबैधानिक अंगले प्रतिशोध साँधेर सरकारको प्रभावमा आएर यति त्यस्ता निर्णयहरु गर्छन् भने हामी प्रतिपक्षी दलहरु त्यस्ता कामलाई नजिकबाट नियालेर बसेको छ ।

उनले संविधानवाद्, लोकतान्त्रिक मुल्य मान्यता विपरित राजनैतिक प्रतिशोधको आधार कसैलाई बैचारिक द्धन्द्धको आधारमा, कसैलाई जग्गा फिर्ता गरेको नाममा मुद्धामा नचलाउने अख्तियारको कार्यशैली माथि प्रतिपक्षी दलको गम्भीर आपत्ति र गम्भीर विरोध भएकाले संसदलाई अवरोध गरेको स्मरण गराउदै संसद अवरुद्धको कार्य स्थगित गरिएको जानकारी गराएका थिए । यसअघि नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना भनाई राख्दै प्रातिनिधिसभाको बैठक सुचारु हुन दिने निर्णय गरेको थियो । यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको सोमबार बसेको बैठकले राजनीतिक र कानूनी लडाई एकसाथ लड्ने निर्णय गरेको थियो ।