९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देखिनेगरी कृषिमा काम हुन्छ: कृषिमन्त्री भुसाल



अ+ अ-

लुम्बिनी । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन् । लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै उनले कृषि श्रमलाई उद्योगसँग जोड्नुपर्ने बताए ।

मन्त्री भुसालले विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुनेगरी वर्तमान सरकारले काम अगाडि बढाइरहेको र केही दिनमै मन्त्रालयको योजनासहित सार्वजनिक हुने बताए । उनले भने, “मैले अध्ययन गरिरहेको छु । म मन्त्री भएपछि शुरुमा आत्तिएँ । अब करीब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझेँ । केही दिनमा देखिनेगरी कामको शुरुआत हुन्छ ।”

सो अवसरमा प्रदेश सांसद सन्तोष पाण्डे, फकरुद्दिन खान, संविधानसभाका पूर्वसदस्य इस्तियाक अहमद खान, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, प्रजिअ महादेव पन्त, उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी लगायतले लुम्बिनी प्रेस क्लबको गतिविधिले लुम्बिनी क्षेत्रको विकासमा टेवा दिएको बताए । क्लबले १२ धुर जग्गामा चारतलाको अपाङ्ग मैत्री भवन बनाउने क्लबका अध्यक्ष दीपेश पछाईंले बताए ।




भर्खरै