१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा जनमोर्चाबाट बराल र बास्कोटाको उम्मेदवारी



अ+ अ-

गण्डकी । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट शङ्कर बराल र लक्ष्मी बास्कोटाले उम्मेदवारी दिनुभएको छ ।

पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उहाँहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

निर्वाचनका लागि महिला क्लष्टरबाट बास्कोटाले र अन्य क्लष्टरबाट बरालले उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्तापछि बरालले जनमोर्चाले अन्य दलसँग गठबन्धन नगरेको बताउँदै आफ्ना मत सुरक्षित गर्न उम्मेदवारी दर्ता गरेको बताउनुभयो ।