१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको सरकारले भ्रष्टाचारको खेती गर्दैन्: प्रधानमन्त्री ओली



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै पनि कमिसनको माग नीजि क्षेत्र र व्यवसायीसँग नगर्ने बताएका हुन् ।

‘‘अहिलेको सरकारले कुनै कमिसनको माग गर्दैन, कमिसनको खेल गर्दैन् । कुनै भ्रष्टाचारको खेती गर्दैन्’’ ओलीले भने, ‘‘सरकारले कमिसनको माग होइन, पारदर्शीता, स्वच्छता, कानूनको पालना र कानूनले तोकेका दायित्वहरु पुरा गर्नुहोस् अरु कानून भन्दा बाहिरका कुराहरु तपाईहरुले गर्नुपर्दैन् । गर्न परेमा वा गर्न बाध्य पारिएमा मलाई जानकारी गराउनुहोस् ।’’ प्रधानमन्त्री ओलीले सरकार र नीजि क्षेत्रले विकास चाहेपनि सुशासनको मामलामा कहिलेकाँही विवाद हुने गरेको उल्लेख गर्नुभयो । सभ्य समाज विकास गर्नका लागि सुशासन अपरिहार्य रहेकोले सुशासन विकासको बाधक नभएको ओलीले बताए ।

‘सुशासन उद्योग व्यवसाय, वाणिज्यको बाधक होइन् । यो सहयोगि हो । त्यसकारण यसमा कुनै द्वविधामा रहनुपर्ने कुरा छैन्’, उनले भने । प्रधानमन्त्री ओलीले आर्थिक विकास र सुशासनका लागि अब कानून निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । कार्यक्रममा मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने निर्यातकर्ता, लगानीकर्ता र रोजगारदाता गरी विभिन्न १३ विधामा २५ जना व्यवसायीक व्यक्तित्वहरुलाई सिआइपी अवार्डबाट सरकारले सम्मान गरेको छ ।