३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिमूर्तिमा १३८ औं लेखनाथ जयन्ती सम्पन्न



अ+ अ-

काठमाडौं । त्रिमूर्ति निकेतनले १३८ औं लेखनाथ जयन्ती मनाएको छ । पौडयालको १३८ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण सहित कविता वाचन  गरेको त्रिमूर्ति निकेतनले जनाएको छ । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले पौडयालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो । 


त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा लेखनाथ पौड्याल काव्यसभाका कार्यक्रम सञ्चालक यादव भट्टराई, बालकृष्ण सम फाउन्डेसनका कार्यक्रम सञ्चालक ललिता दोषी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका कार्यक्रम सञ्चालक भगवती बस्नेतले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हो भन्नुभयो ।
कार्यक्रममा यादव भट्टराई, ललिता दोषी, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।