• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्यो वार्षिक प्रतिवेदन, के-के छन प्रतिवेदनमा ?



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठको जानकारीका अनुसार प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, संगठन संरचना एवम् प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन र वित्तीय स्रोत परिचालन लगायतका विविध विषयहरू समेटिएको जानकारी दिए ।

आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिव लगायतका सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरिन् । निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढिकरण गर्ने काम निर्वाचन आयोगले गरेको भन्दै राष्ट्रपति भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्फ कार्य गर्न, मतदान स्थल र केन्द्रको निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री विशेषतः ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलामैत्री बनाउन समेत सुझाव दिइन् ।

वार्षिक प्रतिवेदन नियमित प्रक्रिया भएकोले निर्वाचन आयोगबाट पेश भएको प्रतिवेदन संवैधानिक प्रक्रिया बमोजिम नेपाल सरकारका प्रधानमन्त्रीमार्पmत संघीय संसदमा पेश हुने उनले बताइन् । प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले प्रतिवेदन वर्षमा सम्पादन गरेका कार्यहरूको संक्षिप्त विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ।

निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा, आयुक्तहरूको रिक्तता, बेरुजुको फर्छ्यौटको अवस्था, राजनीतिक दलहरूको व्यवस्थापन, आयोगको जिल्लास्तरसम्म रहेको संगठन संरचना, संघीय संरचना अनुसार प्रदेश स्तरमा निर्वाचन कार्यालयको आवश्यकता, निर्वाचन सूचना केन्द्रको स्थापना सञ्चालन र महत्व सम्बन्धी विषयमा उनले जानकारी गराए ।