४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्यो वार्षिक प्रतिवेदन, के-के छन प्रतिवेदनमा ?

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्यो वार्षिक प्रतिवेदन, के-के छन प्रतिवेदनमा ?
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठको जानकारीका अनुसार प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, संगठन संरचना एवम् प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन र वित्तीय स्रोत परिचालन लगायतका विविध विषयहरू समेटिएको जानकारी दिए ।

आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिव लगायतका सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरिन् । निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढिकरण गर्ने काम निर्वाचन आयोगले गरेको भन्दै राष्ट्रपति भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्फ कार्य गर्न, मतदान स्थल र केन्द्रको निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री विशेषतः ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलामैत्री बनाउन समेत सुझाव दिइन् ।

वार्षिक प्रतिवेदन नियमित प्रक्रिया भएकोले निर्वाचन आयोगबाट पेश भएको प्रतिवेदन संवैधानिक प्रक्रिया बमोजिम नेपाल सरकारका प्रधानमन्त्रीमार्पmत संघीय संसदमा पेश हुने उनले बताइन् । प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले प्रतिवेदन वर्षमा सम्पादन गरेका कार्यहरूको संक्षिप्त विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ।

निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा, आयुक्तहरूको रिक्तता, बेरुजुको फर्छ्यौटको अवस्था, राजनीतिक दलहरूको व्यवस्थापन, आयोगको जिल्लास्तरसम्म रहेको संगठन संरचना, संघीय संरचना अनुसार प्रदेश स्तरमा निर्वाचन कार्यालयको आवश्यकता, निर्वाचन सूचना केन्द्रको स्थापना सञ्चालन र महत्व सम्बन्धी विषयमा उनले जानकारी गराए ।