५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पती शुद्धीकरण निवारण (पहिलो संशोधन) नियमावली स्वीकृत, यस्तो छ सरकारको अन्य निर्णयहरु



अ+ अ-

काठमाडौँ । सरकारले सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ ।

पुस ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयह सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसबारे जानकारी गराउनुभएको हो ।

उहाँकाअनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै सरकारले नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्व शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय गरेको छ । मन्त्री खरेलकाअनुसार सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरुः 
डिजिटल नेपाल ट्रान्सफरमेशन प्रोजेक्टको लागि विश्व बैंकबाट प्रश्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्तिक सहमति दिने र सो ऋणसँग सम्बन्धित वित्तीय सम्झौतालगायतका दस्तावेजहरूलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा सरोकारावाला निकायका प्रतिनिधिहरू रहने गरी वार्ता टोली गठन गर्ने ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।
मिति २०८२ पुस २२ गते थाइल्याण्डको बैंककमा हुने एफएटिएफ÷इन्टरनेशनल कोअप्रेशन रिभ्यु ग्रुप/ एशिया प्यासिफक ज्वाइन्ट ग्रुपसँग नेपाली प्रतिनिधिमण्डलको फेस टु फेस मिटिङमा सहभागी हुन नेपाल राष्ट्र बैङ्कका गभर्नर नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने ।
नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्व शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने ।
गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।
नेपाली सेनातर्फ तीनजना सहायक रथीलाई उपरथी दर्जामा एवं चारजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, चारजना सहायक रथीको सरूवा गर्ने र एकजना उपरथीको भारत भ्रमण स्वीकृत गर्ने ।
वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरुलाई तोकिएबमोजिम श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने ।
शहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय, बबरमहलमा कार्यरत लेखापाललाई कडा रोग लागेकाले प्रचलित कानूनबमोजिम थप आर्थिक् सहायता उपलब्ध गराउन स्वीकृति दिने ।
नेपाल र भारत सरकारबीच हुने स्वास्थ्य र औषधि क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी मेमोरेण्डम अफ अण्डस्ट्याडिङ बिटुइन द मिनिस्ट्रि अफ हेल्थ एण्ड पपुलेशन अफ गभर्मेण्ट अफ नेपाल एण्ड द मिनिस्ट्रि अफ हेल्थ एण्ड फ्यामिली वेलफेयर अफ द गभर्मेण्ट अफ द रिपब्लिक अफ इण्डिया अन कोअप्रेशन इन द फेल्ड अफ हेल्थ एण्ड मेडिसाइन विषयक परिमार्जित समझदारी पत्र स्वीकृत गर्ने ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२÷६÷५ को निर्णयबमोजिम संवत २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पती, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम मुकायम मुकरर गर्ने ।
उपमहालेखापरीक्षक श्री इन्द्रप्रसाद आचार्य उमेरहदको कारण २०८२ पुस ९ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा उहाँलाई अवकाशको जानकारी दिने ।