२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च कपको सेमिफाईनलमा पीएसजी



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा पीएसजी)ले डिजोनमाथि ६–१ को जित हासिल गरेको हो । जित सहित पीएसजी अन्तिम ४ मा प्रवेश गरेको छ । पीएसजीले आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म लम्ब्याएको छ । वेस्ले लाउटोआको आत्मघाति गोलसंगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो । डिजोनका मौनीर चौईरले १३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

लगत्तै ईडिन्सन काभानीले पीएसजीलाई अग्रता दिलाउन खोेजेका थिए । तर रेफ्रीले भारमार्फत काभानीको गोल अस्विकार गरे । केलियन एम्बाप्पेले ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अग्रता दिलाए । थिएगो सिल्भाले ५० औ मिनेटमा गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए । लगत्तै पाब्लो साराबियाले ५५ औ मिनेटमा पीएसजीका लागि चौथो गोल गरे । खेल सकिन चार मिनेट अगाडी सेनु कौलबलीको आत्मघाति गोलसंगै पीएसजी खेलमा ५–१ ले अघि बढ्यो ।

ईन्जुरी समयमा साराबियाले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।चोटका कारण ब्राजिली स्टार नेयमार खेलमा देखिएनन् । मुख्य प्रशिक्षक थोमस टुचेलका अनुसार उनी च्याम्पियन्स लिगको खेलमा समेत मैदानमा देखिने सम्भावना कम छ । पीएसजी गत बर्ष रेनससंग फाईनलमा पराजित बनेको थियो । तर त्यसअघि पीएसजीले चार पटक फ्रेन्च कपको उपाधि उचालेको थियो ।