२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सहयोगमा गुल्मी जिल्लामा चन्द्रकोट क्याम्पसको भवन निर्माण



अ+ अ-

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित चन्द्रकोट क्याम्पस भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माको प्रतिनिधित्वमा क्याम्पस भवनको उद्घाटन गरिएको हो । निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौं आदि शहरहरुमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय जनताको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले स्नातक तहमा मानविकी, व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराइरहेको छ । क्याम्पसमा ९० प्रतिशतभन्दा बढी छात्राहरु अध्ययनरत छन् । क्याम्पसको अभावमा उच्च शिक्षाबाट बञ्चित हुनुपरेको सो क्षेत्रका आर्थिक तथा सामाजिक रुपले विपन्न, पिछडिएका विद्यार्थीहरु विशेष गरी छात्राहरुका लागि यो विद्यालयको स्थापनाले उनीहरुको उच्च शिक्षा हासिल गर्ने इच्छालाई साकार बनाएकोे छ ।

भारत सरकारको नेरु ४०.९९ मिलियन अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँ संरचनामा १२ वटा कक्षाकोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा पनि रहेको छ । गुल्मीे जिल्ला समन्वय समितिले सो परियोजनाको कार्यान्वयन गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुशी समेत व्यक्त गरेका छन् ।उद्घाटन समारोहमा चन्द्रकोट गाउँपालिकाका अध्यक्षद्रोण बहादुर खत्री, जिल्ला समन्वयअधिकारी भक्तिराम मरासिनी लगायत स्थानीय राजनीतिक तथा सामुदायिक अग्रजहरु पनि उपस्थिति थिए ।