९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २८ अङ्ककले बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ०५, विकास बैंक समूह दुई दशमलव ७० र होटल तथा पर्यटन समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ६७, वित्त शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ४९, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव २५, लघुवित्त शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ५७, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव शून्य दशमलव ७३ प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रीटेक एन्डस्ट्रीज लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर दुई दशमलव ४९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको रु ३८ करोड ६९ लाख ५० हजार ३४७ बराबरको छ लाख २२ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।




भर्खरै