११ भाद्र २०८३, बिहीबार Thursday, August 27, 2026
११ भाद्र २०८३, बिहीबार
ताजा खबर
Bizline Nepal बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग Bizline Nepal बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग Bizline Nepal कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने Bizline Nepal वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष Bizline Nepal भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला Bizline Nepal पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” Bizline Nepal बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ Bizline Nepal रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग Bizline Nepal भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन Bizline Nepal भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन Bizline Nepal उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री Bizline Nepal गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा Bizline Nepal परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता Bizline Nepal बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? Bizline Nepal बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त Bizline Nepal बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह Bizline Nepal मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव Bizline Nepal पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा Bizline Nepal बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन Bizline Nepal भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उहाँको भनाइ थियो ।

नीति रिसर्च प्रालिद्वारा आज यहाँ आयोजित ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रियामा मन्त्री सिन्हाले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय क्षेत्रमा प्रेरित गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले महिलाको उद्यमशीलता विकासले समग्र अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गर्नुभयो ।

“असफलता नै सफलतातर्फको पहिलो पाइला हो, महिलाले काम गर्न सक्छन् कि सक्दैनन् भन्ने बहस अब समाप्त भइसक्यो,” मन्त्री सिन्हाले भन्नुभयो, “अब महिलाहरू काम गरिरहेका छन्, उद्यम गरिरहेका छन् भन्ने यथार्थ स्थापित गर्न आवश्यक छ । त्यसका लागि महिला उद्यमीलाई माथि उकास्न राज्य, निजी क्षेत्र र समाज सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।”

मन्त्री सिन्हाले देशका विभिन्न स्थानमा महिलाले ठूला व्यापार तथा उद्योग सफलतापूर्वक सञ्चालन गरिरहेका उदाहरणहरू रहेको उल्लेख गर्दै यस्ता प्रयासलाई थप प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । महिला उद्यमीलाई आवश्यक सीप, लगानी, बजार र नीतिगत सहजीकरण प्रदान गर्न सके आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

“महिला उद्यमीले सञ्चालन गरेका व्यवसायलाई सरकारले प्राथमिकताका साथ सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “महिला उद्यमी सशक्त भए घर परिवार सशक्त हुन्छ, परिवार सशक्त भए समाज र राष्ट्र सशक्त हुन्छ । त्यसैले महिलालाई सशक्त बनाउनु सरकारको दायित्व हो ।”

कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअप क्षेत्रमा महिलाले भोग्दै आएका चुनौती, अवसर तथा आगामी रणनीतिका विषयमा धारणा राख्नुभएको थियो । उहाँहरूले वित्तीय पहुँचको अभाव, सामाजिक सोच, सीप विकास र बजार पहुँचजस्ता चुनौतीहरू समाधान गर्न समन्वित पहल आवश्यक रहेको औँल्याउनु भएको थियो ।

त्यस अवसरमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई उमेशकुमार गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमशीलताको वर्तमान अवस्था, नीति संरचना र सुधारका सम्भावित क्षेत्रबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

नीति रिसर्च प्रालिका निर्देशक वासुदेव न्यौपानेले महिला केन्द्रित स्टार्टअपलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन नीति, प्रविधि र संस्थागत सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले महिला उद्यमशीलताको प्रवद्र्धनका लागि ठोस कार्ययोजना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो । रासस