१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

बाइस वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय

बाइस वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय
अ अ+ अ-

काठमाडौँ।  गुठी संस्थान ऐन, २०३३ मा भएको व्यवस्थाअनुसार २२ वर्षपछि विद्वत समिति गठन हुने भएको छ । गुठी संस्थान ऐन, २०३३ को दफा ७ बमोजिम विद्वत समिति गठन गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको सेवा प्रवाहमा सुधारसम्बन्धी कार्ययोजनामा उल्लेख छ ।

विसं २०६० सम्म यस्तो समिति सरकारले गठन गर्ने गरेकामा त्यसपछि बन्न नसकेको गुठी संस्थानका सूचना अधिकारी एवं कानुन अधिकृत जनक पोखरेलले राससलाई जानकारी दिनुभयो । संस्थानले सञ्चालन गर्नुपर्ने कुनै पनि जात्रा पर्वविशेष कारणवश हुन नसक्ने अवस्था आएमा समितिले राय, सुझाव दिने व्यवस्था गुठी ऐनमा रहेको उहाँले बताउनुभयो ।

यसैगरी मन्त्रालयको सेवा प्रवाहसम्बन्धी कार्ययोजनामा गुठी जग्गा सम्बन्धमा २०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा पेस भएको प्रतिवेदन लागू गर्न कार्यदल गठन गरिने उल्लेख छ । गुठी संस्थान, सञ्चालक समितिको तीन सदस्य नियुक्ति गरी सञ्चालक समितिलाई पूर्णता दिइने पनि कार्ययोजनामा उल्लेख छ । मठाधीश, पुजारीलगायतको पारिश्रमिक तोक्नेसम्बन्धी मापदण्ड तर्जुमा गर्ने कार्ययोजना पनि मन्त्रालयले बनाएको छ ।

मठाधीश नियुक्तिसम्बन्धी मापदण्ड संशोधन÷परिमार्जन गर्ने, श्रीगणेश र श्रीभैरबको आवासका लागि हनुमानढोकास्थित साबिक नवआदर्श माध्यमिक विद्यालयको भवन रहेको स्थानमा भवन निर्माणका लागि शिक्षा मन्त्रालयसँग जग्गाको भोगाधिकारका लागि समन्वय गरिने कार्ययोजना बनेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने क्षेत्र विकास समिति र गुठी व्यवस्थापन समितिबीच एकद्वार प्रणालीबाट सांस्कृतिक धरोहरको व्यवस्थापन गरिने विषयलाई पनि मन्त्रालयले कार्ययोजनामा राखेको छ ।

दोहोरो क्षेत्र अधिकारको विषय निराकरण गर्न यसले सहयोग गर्ने विश्वास लिइएको गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले बताउनुभयो । तैनाथी, अधिनस्थ र तैनाथी गुठी जग्गाको लगत प्रमाणीकरण गरी सो लगत तयार गर्ने र त्यस्ता जग्गाको संरक्षण गर्ने, भूमि, गुठी, सहकारीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने मन्त्रालयलको कार्ययोजना छ । रासस