१ मंसिर २०८१, शनिबार
,
Latest
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताको पक्षमा काम गरेको छ, नराम्रा काम गरेकै छैन : मन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्दै गएको बताएका छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा सो कुरा उल्लेख गरेका हुन् ।

मन्त्री बाँस्कोटालाई सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको थियो । जवाफमा उनले भने, ‘नराम्रा काम एउटा पनि गरेको छैन । जति गरियो राम्रै राम्रा । नराम्रो देख्ने आँखा चाहिँ नराम्रा । राम्रो कुरा नदेखाइदिने, नराम्रो मात्र लेख्ने हातहरुबारे पनि म कहिले बाँकी प्रश्न गर्छु नि ।’

शुक्रवार प्रधानमन्त्रीले खास सम्बोधन गर्ने र सरकारले २ वर्षमा गरेका कामबारे बताउने उनले सुनाए । मन्त्री बास्कोटाले विभिन्न सूचकांकहरुमा नेपालको अवस्था सुधार भएको सुनाए ।

विधिको शासन बलियो भएको, भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्था राम्रो भएको, सुखी नेपाली, समृद्धि नेपाली कार्यक्रमको नजजिता देखिन थालेको बताए । जनताको जीवनस्तरमा सुधार आएको तर त्यो सरकारले सोचे जस्तो नभएको उनले बताए । डेमोक्रेसी इन्डेक्समा समेत नेपालको स्थान सुधार आएको भन्दै मन्त्री बास्कोटाले भने, अधिनायकवादको हौवाले हावा खायो ।’

जयनगर विजलपुरा रेल यही वर्ष गुड्ने, पूर्वपश्चिम रेलमार्गको अध्ययन भइसकेको तथा काठमाडौं केरुङ रेलको प्रारम्भीक अध्ययन भइसकेको, पानी जहाजको कार्यालय खोलिएको भन्दै उनले भने, ‘३ हजारभन्दा बढी सडक कालोपत्रे भएको छ ।’