५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै



अ+ अ-

काठमाडौँ । कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो ।

कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरानेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्रममा वडा नं २६ ले वडामा निगरानी कक्ष सञ्चालनमा ल्याई विभिन्न ७७ वटा क्यामरा जडान गरिसकेको छ ।

वडा नं ३२ र ३ को बोलपत्र आह्वान हुने चरणमा छ । वडा नं १४ को बोलपत्र आह्वान भइसकेको छ । सहरभित्रका सिसिटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) बनाउनका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

“यो अत्याधुनिक प्रणाली जडान भइसकेपछि अल्ट्राएचडी ९फोरके० क्वालिटीमा आवाजसहित दृश्य प्राप्त हुन्छ । यसबाट कुनै घटना हुनासाथ प्रहरी र सम्बन्धित अधिकारीलाई स्वचालित प्रणालीबाट दृश्य र फोटोसहितको जानकारी पुग्छ । दुर्घटना भए तत्काल उद्धार गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार विगतका अपराधजन्य घटना हेर्दा अपराध गर्नेले सबैभन्दा पहिले सिसिटिभीमा क्षति गरेको देखिन्छ । “एउटा क्यामरामा क्षति गरे त्यसको विवरण अर्कोले पठाउने प्रणालीसहित सहरको निगरानी गर्ने क्यामरा जडान गरेका छौँ । यसको संरक्षणमा सबैको समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो ।

सडक तथा सार्वजनिकस्थलमा गल्ती गरेर अब कोही उम्किन नपाउने गुरागाईंको भनाइ छ । “यसले अपराध गर्नेको मात्र होइन । विकासमा दोहोरोपना गर्ने र गलत विकास संरचना बनाउनेको पनि निगरानी गर्नेछ”, उहाँले भन्नुभयो ।

“अहिले जडान भएका क्यामराहरुरू एआई प्रविधिमा आधारित आठ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम ९ओएनभिआइएफ० प्रोटोकलका हुन् । आठ मेगापिक्सल र चार मेगापिक्सलका क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छन्”, गुरागाईंले भन्नुभयो ।

एआईका विशेषता भएका यी क्यामराले सवारीसाधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारीसाधन आवतजावतको गणना पनि गर्ने उहाँले जानकारी दिनुभयो । बत्ती गए पनि यी क्यामरा चल्नेगरी व्यवस्था गरिएको छ ।




भर्खरै