३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु
अ+ अ-

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।

आज बिहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप पालले मार्च शुभारम्भ गर्नुभयो । सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्यका साथ उक्त झण्डा मार्च थालिएको हो ।

सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा र विपद् व्यवस्थापनमा पु¥याउँदै आएको योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनभित्रको समन्वय, टोलीको भावना सुदृढ गर्ने, सीमा क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क अभिवृद्धि गर्न सशस्त्र प्रहरीले मार्चपास आयोजना गरेको जनाएको छ ।

त्यस अवसरमा सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले सशस्त्र प्रहरीले स्थापनाकालदेखि नै देश र देशवासीको सुरक्षा तथा हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै बताउनुभयो । “सङ्क्रमणकालदेखि हालसम्म देखिएका विभिन्न सुरक्षा चुनौतीहरूलाई राज्यले दिएको कार्यदेशअनुसार सामना गर्दै आएको छ”, उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बल सक्षम र भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित हँुदै गएको छ ।”

पश्चिमबाट सुरु भएको मार्च आगामी मङ्गलबार कैलाली त्यसपछि सुदूरपश्चिम सशस्त्र प्रहरी बलले शुक्रबार बर्दियालाई हस्तान्तरण गर्नेछ । बाहिनीपति पालले सीमाक्षेत्र हुँदै ३५ जनाको टोली पैदल मार्चमा सहभागी भएको छ । मार्चको १९औँ दिनमा पश्चिमी नाका गड्डाचौकी र पूर्वको झापाबाट आएको सशस्त्र प्रहरी बल नेपालको टोलीबीच नवलपुरमा भेट हुने जनाएको छ । मार्च शुभारम्भमा भीमदत्त नगरपालिकाका नगरप्रमुख निलम लेखक र जिल्ला सुरक्षा समितिका पदाधीकारीहरुकोसमेत सहभागिता थियो । रासस