२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी काठमाडौंमा ल्याई जनताको निराशाको अन्त्य गर्छौ: खानेपानी मन्त्री



अ+ अ-

खानेपानी मन्त्री बिना मगरले असार मसान्त भित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिवद्धता जनाएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले असार मसान्तसम्म मेलम्चीको काम सम्पन्न भई काठमाडौंमा पानी ल्याइसक्ने बताएकी हुन् । उनले भनीन् ‘हामीले असार मसान्त भित्रमा काम छिटो भन्दा छिटो सम्पन्न गर्ने स्पिडमा हाम्रो मेलम्ची आयोजना, ठेकेदार कम्पनी, कन्सल्ट्यान्ट लगायतका सम्पूर्ण टिमहरु हामीले त्यो स्पिडमा लागिराखेका छौं र यसले स्वभाविक रुपमा धेरैपटक, पटक पटक पार्दै आएको निराशाको अन्त्यको हामी निकटमा छौं भन्ने भाव आजको स्वेतपत्रको हो ।’

उनले सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीम्मको आयोजनाको काम समेत असार सम्ममा सम्पन्न गर्ने गरी काम भइराखेको उनले बताईन् । कार्यक्रममा मेलम्ची खानेपानी अयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले ड्याम असार मसान्त सम्म सम्पन्न नहुने भएकाले तत्कालका लागि अल्टरनेट ड्यामबाट पानी ल्याउने व्यवस्था गरिएको बताए । उनले सुरुङ्ग सम्पन्न तथा अस्थाई रुपमा पानी डाएभर्सनका लागि नयाँ नियुक्त निर्माण व्यवसायी सिनो हाइड्रोबाट भइको साइट व्यवस्थापन तथा निर्माण कार्य सन्तोषजनक रहेकाले २/३ महिना पहिले नै काम सक्ने विश्वास गरिएको बताए ।

उनले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र अहिले सम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिए । मेलम्चीको काममा इटलियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो ।

काम बीचैमा छाडेर हिंडेको सीएमसीले स्थानीय श्रमिक तथा सव कन्ट्राक्टरको भुक्तानी नदिएका कारण समस्या र अवरोध खेप्नुपरेको खत्रीले बताए । पछिल्लो समय सरकारले कामदारको ज्यालाबापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने सिएमसी आबद्ध स्थानीय आपूर्तिकर्ता लगायतको भुक्तानीका लागि मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा गठीत ६ सदस्यीय प्राविधिक समितिबाट अध्ययन भइरहेको छ ।