१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको राजनीतिलाई सङ्लो पार्न आएका हौँँ: डा वाग्ले



अ+ अ-

कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले देशको राजनीतिलाई सङ्लो पार्न र देशको समृद्धिका लागि रास्वपाको उदय भएको बताउनुभएको छ ।

रास्वपाको गण्डकीस्तरीय सदस्य भेटघाट कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै डा वाग्लेले आगामी फागुनमा हुने आफ्नो पार्टीले बहुमत प्राप्त गरेमा उदाहरणीय राजनीतिक संस्कार बसास्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“ताजा जनादेशका लागि चुनावमा आएका छौँ । सुशासनको जगमा टेकेर देशलाई समृद्ध बनाउँदै संस्थागत र नीतिगत सुधारमा जान बहुमत खोजेका हौँ”, उहाँले भन्नुभयो, “विशेष रणनीतिका साथ देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानेछौँ ।

वाग्लेले ऊर्जा, कृषि, पर्यटनको विकासमार्फत देशमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो । नीतिगत भ्रष्टाचार, सुशासन नहुनुलगायत कारणले युवामा असन्तुष्टि पैदा भएको उहाँको भनाइ छ ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले निर्वाचनसँगै फागुन २१ पछि आफ्नो पार्टी काममा व्यस्त हुने बताउनुभयो । पार्टीका प्रवक्ता मनिष झाले नेपाली जनताको हितमा पार्टी सदैव सक्रियताका साथ लाग्ने बताउनुभयो । रासस