१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

कांग्रेस महामन्त्रीद्वारा विशेष महाधिवेशनबारे कानुन व्यवसायीसँग परामर्श

कांग्रेस महामन्त्रीद्वारा विशेष महाधिवेशनबारे कानुन व्यवसायीसँग परामर्श
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनबारे कानुन व्यवसायीसँग परामर्श तथा छलफल गर्नुभएको छ ।

उहाँहरूले आज यहाँ वरिष्ठ अधिवक्ताहरूसँग पार्टी केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्तावका बारेमा छलफल गर्नुभएको हो ।

छलफलमा वरिष्ठ अधिवक्ताहरूले नेपालको संविधान, दलसम्बन्धी ऐन र कांग्रेसको विधानमा भएको व्यवस्थाका बारेमा जानकारी गराउनुभएको छलफलमा संलग्न वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी दिनुभयो ।

कांग्रेस विधानको धारा १७ (२) मा प्रस्टसँग केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन गरेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउन बाध्य र अनिवार्य हुने सुझाउनुभएको थियो ।

विशेष महाधिवेशनको प्रस्तावका सम्बन्धमा केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय दुवैले विशेष महाधिवेशन बोलाउन पाउने विधानको व्यवस्थाबारे उपस्थित वरिष्ठ अधिवक्ताहरूले आफ्नो धारणा तथा सुझाव दिनुभएको वरिष्ठ अधिवक्ता खनालले जानकारी दिनुभयो ।

छलफलमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष, पूर्वअध्यक्षलगायत कांग्रेस निकट मानिने वरिष्ठ कानुनविद्हरू उपस्थित हुनुहुन्थ्यो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले विशेष महाधिवेशनको प्रस्ताव स्वतः निस्क्रिय भएको ठहरका साथ तालिका संशोधन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा पार्टीको १५औँ महाधिवेशनको गर्ने निर्णय गरेको थियो । यसअघि पार्टीको १५औँ महाधिवेशन यही पुस २६ देखि २८ गतेसम्म तोकिएको थियो ।

उक्त निर्णयका सम्बन्धमा महामन्त्रीद्वय थापा र शर्मालगायत पाँच जना नेताले फरक मत दर्ज गर्नुभएको थियो । महामन्त्री थापाले गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव विधानतः लागू गर्न यही पुसभित्र १५औँ महाधिवेशन गरिसक्नुपर्ने बताउनुभएको थियो । रासस