२८ श्रावण २०८३, बिहीबार
,
Latest
राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर) सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा एक जनाको मृत्यु दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसांस्कृतिक महासङ्घको ३९औँ स्थापना दिवस सम्पन्न



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसङ्गठन ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’ ले आज आफ्नो ३९औँ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा एमाले उपाध्यक्ष रघुजी पन्तले सूचना प्रविधि सिर्जनशीलताका लागि अवसरका साथै चुनौतीका रूपमा पनि रहेको बताउँदै समाजबाटै प्राप्त हुने मानवीय अनुभूति ग्रहण गरेर वैचारिक अभियानमा लाग्न आग्रह गर्नुभयो । पूर्वमन्त्री पन्तले महासङ्घले पुराना स्रष्टाको सम्मान गर्दै नयाँ पुस्तासम्म पुग्नुपर्ने र उनीहरूलाई समेटेर वैचारिक एवम् उद्देश्यमूलक यात्रामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले सांस्कृतिक रूपान्तरणमा चेतना वा विचार निर्माण अत्यन्त आवश्यक रहेकाले यसका लागि महासङ्घले समर्पित भएर लाग्न स्रष्टालाई प्रेरणा दिँदै आएको बताउनुभयो । एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको वर्तमानमा संस्कृतिकर्मीको विशेष भूमिका रहेको औँल्याउनुभयो ।

एमालेका अर्का केन्द्रीय सदस्य हेमराज राईले परिवर्तनलाई सम्बोधन गर्ने नयाँ सशक्त रचना सिर्जनामा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नन्दु उप्रेतीले समसामयिक कविता वाचन गर्नुभएको थियो भने भरत नेपाली र सूर्य मगरले सारङ्गीको धुन सुनाउनुभएको थियो ।

महासङ्घका कार्यवाहक अध्यक्ष अशोककुमार राईले सार्थक सृजनाका साथै सिद्धान्त र व्यवहारका बीच तालमेल गर्नुपर्ने तथा साङ्गठनिक समन्वय गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

विसं २०४४ पुस १९ मा डा मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित तत्कालीन ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’ हाल महासङ्घका रूपमा सक्रिय रहेको छ । रासस




भर्खरै