२८ श्रावण २०८३, बिहीबार
,
Latest
राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर) सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा एक जनाको मृत्यु दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राज्यलाई बलियो बनाउन राज्य र जनताको सम्बन्ध घनिष्ठ हुनुपर्छ’



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिनुभएको छ ।

निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जनतासँग राज्यको सम्बन्ध घनिष्ठ बनाउन सरकारले सेवा प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले जनता र राज्य बीचका सम्बन्धलाई जीवन्त बनाउने भूमिका निजामती कर्मचारीको रहेको बताउनुभयो ।

“राज्यलाई बलियो बनाउनका लागि नागरिक हक सुनिश्चित गर्नुपर्दछ । राज्य र जनतालई जोड्ने काम गर्नुपर्दछ । त्यसपछि मात्र हामी समृद्धिको यात्रामा अघि बढ्न सक्दछौँ”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले निर्वाचनलाई सामना  गर्न राज्यका प्रमुख अङ्गबीच एकता र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

“अहिले राज्य कमजोर अवस्थामा छ । यस्तो बेला राज्य बलियो बनाउने काम निजामती प्रशासनको हो । कमजोर अवस्थामा रहेको राज्यलाई स्थायी सरकारको नेतृत्व गरिरहेको निजामतीले बलियो बनाउने अगुवाइ गर्न सक्दछ”, उहाँले भन्नुभयो, “मुलुकको वर्तमान र भविष्यका लागि जागरुक तप्काका रूपमा निजामती कर्मचारी रहनुपर्दछ ।”

महासचिव पोखरेलले नवयुवा राज्य र राजनीतिक दलसँग असन्तुष्टि रहेका बताउँदै गत भदौ २३ र २४ को घटना यसको उदाहरणका रूपमा रहेका उल्लेख गर्नुभयो । उहाँले नवयुवाले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण, सुशासन कामय गर्नेलगायत विषयलाई राजनीतिक नेतृत्वले समाधान गर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य भोला पोखरेलले निजामती कर्मचारी स्थायी सरकार भएकाले बाह्य शक्तिबाट मुलुकलाई जोगाउन भूमिका खेल्न आग्रह गर्नुभयो । सङ्गठनका अध्यक्ष भवानी दाहालले राज्य कमजोर भएको बेला निजामती कर्मचारी चनाखो भएर बस्नुपर्ने र जनहितमा केन्द्रित भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस




भर्खरै