२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिलिप हत्याको आरोपमा ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा



अ+ अ-

धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने ३ जना आरोपीलाई धरौटीमा रिहा गरेको छ । धनुषा जिल्ला आदलतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जेल चलान गरिएको हो ।

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो प्रति २५ हजार रुपैया धरौटी बुझाएर साधारण तारेखमा रिहा गरिएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दिलिपकुमार महतोको हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुरका २४ वर्षीय युवक दिलीप कुमार महतलाई घर नजिक रहेको औरही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन रोक्न गएको बेला टिपरले किचेर हत्या गरिएको थियो । खोला उत्खनन भइरहेको जानकारी पाएपछि गएको २५ पुसको बिहान दिलीपकुमार महतो र उनका साथी रोशनकुमार यादवसँगै खोलामा गएका थिए । यता साथी रोशनकुमार यादवको भने हत्यामा संलग्नता नदेखिएकाले अदालतले सामान्य तारेखमा रिहा गरेका छन् ।