काठमाडौं । पठाओ र टुटलजस्ता सेवालाई कानुन बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ ।न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले कानुन बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न बुधबार परमादेश जारी गरेको हो । यता अखिल नेपाल मजदूर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाई गत मङ्सिर २२ गते रिट निवेदन दायर समेत गरेको थियो ।
पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निर्देशनमा विभागले भाडामा मोटरसाइकल नचलाउन सूचना पनि प्रकाशित गरेको थियो । तर उक्त सेवा भने बन्द भएको थिएन । अहिले उच्च अदालत पाटनले सो सेवा सञ्चालन बन्द गर्न भनेको छैन तर कानून बनाएर सञ्चालन गर्न भनी आदेश दिएको छ ।