१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

प्रादेशिक कला प्रदर्शनीः पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह

प्रादेशिक कला प्रदर्शनीः पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह
अ अ+ अ-

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक कला प्रदर्शनीका लागि यही पुस मसान्तसम्म कलाकृति बुझाउन अनुरोध गरेको छ ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रदर्शनी आयोजनाको मिति घोषणा गरिसकेको जानकारी दिँदै पुस मसान्तसम्मका कलाकृतिमात्रै समावेश हुने बताउनुभयो ।

नेपाली ललितकलाको महाउत्सव मानिने राष्ट्रिय ललितकला प्रदर्शनी र प्रादेशिक ललितकला प्रदर्शनीको तयारी भएको उल्लेख गर्दै उहाँले अहिलो कलाकृति सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो ।

थुम्केलीका अनुसार  आगामी माघ १५ गते गण्डकी प्रदेशबाट प्रदर्शनीको थालनी हुनेछ । कलाकै महोत्सव मानिने उक्त प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी भनेको छ, “प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा ५ को खण्ड (ट) र राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८० बमोजिम प्रतिष्ठानले प्रदर्शनीका लागि पुस ३० गतेभित्र कलाकृति बुझाउन आम कलाकारहरूमा अनुरोध छ ।”

प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी कलाकृति र विसं २०८३ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा अप्रतियोगी र आमन्त्रित कलाकृति बुझाउन भनेको छ ।

प्रादेशिक प्रदर्शनी 

प्रतिष्ठानका अनुसार गण्डकी प्रदेशको गैँडाकोटमा आगामी माघ १५ देखि १९ गतेसम्म प्रदर्शनी आयोजना हुनेछ । मधेस प्रदेशको धनुषामा माघ १६ देखि २० गतेसम्म मैथली विकास कोषसँगको सहकार्यमा प्रदर्शनी आयोजना हुँदैछ भने लुम्बिनी प्रदेशको कालिका मानव ज्ञान मावि रुपन्देहीमा माघ १७ देखि २१ गतेसम्म आयोजना हुनेछ ।

त्यस्तै कणाली प्रदेशको कमर्सियल आर्टिष्ट सङ्घसँगको सहकार्यमा माघ १९ देखि २३ गतेसम्म प्रदर्शनी आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा माघ २१ देखि २५ सम्म, कोशी प्रदेशमा माघ २९ देखि फागुन ४ गतेसम्म आयोजना हुँदैछ ।

यस्तै बागमती प्रदेशमा भने फागुन ८ देखि १२ गतेसम्म नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सदस्यसचिव थुम्केलीले जानकारी दिनुभयो ।

सबै प्रादेशिक प्रदर्शनी सकिएपछि त्यहाँबाट छानिएका कलाकृति समेटेर आगामी जेठ १५ देखि ३० गतेसम्म काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरिनेछ । सोही क्रममा कलाकारलाई पुरस्कार तथा सम्मानसमेत प्रदर्शन गरिने जनाइएको छ । रासस