१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

सुशीला सरकार, ठूला दल र नयाँ भनिएकाहरुलेपनि जेनजी आन्दोलनको मर्ममाथि प्रहार गरेका छन् : प्रभु साह

सुशीला सरकार, ठूला दल र नयाँ भनिएकाहरुलेपनि जेनजी आन्दोलनको मर्ममाथि प्रहार गरेका छन् : प्रभु साह
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान राजनीतिक व्यवस्था नफालेसम्म देशले सही निकास नपाउने बताएका छन् ।

उनले संविधान र व्यवस्था नै गलत भएको कारण देशको यो दूरावस्था भएको टिप्पणी गरेका छन् । उनले चरम दलीय सिण्डिकेटको कारण पछिल्लो दशक देश अस्थिरताको शिकार बन्नुपरेको दाबी गरे ।

अहिले जेनजी आन्दोलनको मर्म र भावनालाई वर्तमान सरकार, ठूला राजनीतिक दल र विकल्प दिन्छु भन्ने नयाँ दलहरुले समेत कुल्चिएको साहको आरोप छ ।

आज (शनिबार) ललितपुरको युनिभर्सल ईन्जिनियरिङ कलेजको सभा हलमा आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको अपहरणकारी भएको भन्दै देशप्रति गम्भीर नरहेको आरोप लगाए ।

उनले जेनजी आन्दोलनमा दमन गर्नेहरु खुलेआम सरकारको स्वागत तथा सत्कारमा सहभागी भएको र जेनजी आन्दोलनकारीमाथि उल्टै दमन गरिएको बताए ।

उनले २१ फागुनमा निर्वाचन गराउने सवालमा सरकार गम्भीर नबनेको आरोप लगाए । चुनावको वातावरण बनाउने सवालमा सरकारका मन्त्रीहरुको कामकारबाहीमा एकरुपता नदेखिएको र अझैपनि शान्ति तथा सुव्यवस्थाको उचित वातावरण बनाउन सरकार चुकेको उनको आरोप छ ।

उनले निर्दलीय सरकारमा बसेर दलको वकालत गर्ने र चुनावी प्रचार गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नपनि माग गरे । उनले कुलमान घिसिङले हिजो जेनजी आन्दोलनको क्रममा नागरिक सरकारमा सहभागी हुने भनेर आज दल खोल्ने र चुनाव लड्ने महत्वकांक्षाअनुसार काम गरिरहेको भन्दै आलोचना गरे ।

विकल्प दिन्छु भनेर राजनीतिमा उदाएकाहरु पद र पावरको लागि मात्रै मरिहत्ते गरिरहेको भन्दै साहले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङले मुलुकको नेतृत्व गर्ननसक्ने ठोकुवा गरे । उनले नयाँ भनिएकाहरु कतिपय अनाडी (केहीपनि नजानेको) र कतिपय ठग र कतिपय भ्रष्ट रहेको भन्दै आलोचना गरे ।

उनले देशलाई सही तवरले निकास दिनको लागि देशभक्त र अग्रगामी शक्तिहरुबीच एकता हुनुपर्ने आवश्यकता औंल्याए । उनले आफूले नेतृत्व गरेको आजपा देश र जनताको पक्षमा सधैं अडिग भएर संघर्षको मैदानमा होमिएको पनि बताए ।

व्यवस्था खराब र भ्रष्ट, राज्यको चरित्र नै लुटकारी भएको कारण आज देशको अवस्था दयनीय बनेको उनको टिप्पणी छ । उनले लुटकारी राज्यको कारण देशको शिक्षा र स्वास्थ्यमा चरम व्यापारीकरण भएको बताए । उनले अब जनताको शासन ल्याउनको लागि एकपटक निर्णायक संघर्षमा उत्रिनुपर्ने आवश्यकता औंल्याए ।

उक्त भेलाले शिक्षा क्षेत्रमा भएको लुट एवम् विभेद अन्त्य गर्ने संकल्प लिएको छ । भेलामा जेनजी अभियन्ताहरु लेलिन बिष्ट, बिकेश साह, अमृत बोहरा, सुशील लगायतका पनि सहभागिता रहेको थियो ।