१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल
अ अ+ अ-

काठमाडौँ। नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बिमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको छलफलमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले विद्यालय तहदेखि पाठ्यपुस्तकमा बिमाको आवश्यकता र महत्त्वसम्बन्धी विषयवस्तु समावेश गरी यसलाई मानवजीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिमाका बारेमा सानैदेखि जागरूक गराउनु आवश्यक छ, मानवजीवन र सम्पत्तिको वित्तीय सुरक्षण बिमाले गर्छ । बिमामार्फत जीवनलाई सहज रूपमा अगाडि बढाउन सकिन्छ भन्ने जानकारी हुनु आवश्यक छ । यसले बिमाको दायरा बढाउनुका साथै लागत घट्ने, जोखिम न्यूनीकरण हुने तथा समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय तहको अध्ययनका क्रममा विद्यार्थीले बिमाका बारेमा बुझ्न सकुन् र अध्ययनपश्चात् अरूलाई पनि यसका महत्त्वका बारेमा बुझाउन सकुन् भन्ने उद्देश्यले पाठ्यपुस्तकमा यसलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक एवम् सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्राडा रामकृष्ण तिवारीले सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन तथा प्रश्नपत्र तयारीका क्रममा बिमासम्बन्धी विषयवस्तुलाई प्रतिविम्बित गर्न सम्बन्धित पदाधिकारी, विषय विज्ञ र लेखकलाई आग्रह गर्नुभयो ।

विद्यालय तहमा अनिवार्य विषयका रूपमा रहेको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकको परिमार्जन तथा पुनर्लेखनका क्रममा बिमा शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्ने सम्बन्धमा छलफल गरी ठोस् निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा सामाजिक विषयअन्तर्गत कक्षा ४ देखि १२ का प्रस्तावित पाठ्यक्रममा बिमा शिक्षासम्बन्धी सम्भावित विषयवस्तुमाथि विस्तृत छलफल भएको थियो । रासस