७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?’



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताउनुभएको छ ।

क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताउनुभयो । विधेक पारित नभए डिजिटल कारोबारले बैधता नपाउने समेत उहाँले बताउनुभएको छ । विद्युतिय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यस्तो कुराहरुले कसैले नहेर्ने गरेको आरोप लगाउनुभयो । विधेयकमा दण्ड जरिवाना बढी भएपनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै बास्कोटाले भन्नुभयो, ‘एउटा स्याल चल्ला टिप्ने हुन्छ । उसले चिल आयो चिल आयो भनेर कराउँछ । त्यसपछि मान्छे आकाशतिर हेर्छ । स्यालले चल्ला टिप्छ । अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने ?’

बास्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको बताउनुभयो । हल्ला गर्नेहरुले नीजि क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको उल्लेख गर्दै बास्कोटाले भन्नुभयो, ‘जिस्काए वाफत सजाय हुने भन्ने कुरामा यत्रै हैरानी ? हैरानी गर्न पाइन्छ । कस्ता कल्चर हो यो ? कसलाई हैरानी गर्ने आफ्नालाई हैरानी गरे त ठिकै छ । अंगालो मारेपनि राम्रै हो । अर्कासित हैरानी गर्ने । राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?’

शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ । कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने सूचनाप्रविधिसम्बन्धि प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् । मेला ७ गतेसम्म सञ्चालन हुने छ ।