१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

भरतपुर मुलुकको केन्द्रीय सहर भएको छः सञ्चारमन्त्री खरेल

भरतपुर मुलुकको केन्द्रीय सहर भएको छः सञ्चारमन्त्री खरेल
अ अ+ अ-

चितवन। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताउनुभएको छ ।

‘सुनौलो नेपाल’ले आज यहाँ आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उहाँले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरल सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताउनुभयो ।

“जसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए पनि मुख्य सहर न्युयोर्क हो, त्यसैगरी भरतपुर हाम्रो प्रमुख सहरका रूपमा स्थापित भएको छ ।” उहाँले भारतको टोकियो, भारतको नयाँदिल्ली, बेलायतको लण्डन, फ्रान्सको पेरिस भएजस्तै नेपालका लागि भरतपुर त्यो सहर भएको उल्लेख गर्नुभयो ।

भरतपुरलाई यहाँसम्म ल्याउनका लागि भरतपुर महानगरका मेयर रेनु दाहालको भूमिका महत्त्वपूर्ण रहेको मन्त्री खरेलको भनाइ थियो । यसभन्दा अगाडि जति पनि जनप्रतिनिधि, अभियान्ता र सरोकारवालाहरू हुनुहुन्थ्यो उहाँहरूको पनि योगदान ठूलो छ । “पछिल्लो आठ वर्षमा सबै कायापलट भएको होइन, तर यस अवधिमा जे भएका छन्, त्यो निकै उल्लेखनीय छ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले भरतपुर बन्यो तर देश किन बनेन भन्ने जवाफ पनि भरतपुरबाटै खोज्न सकिने बताउनुभयो । “भरतपुरमा मेयरका रुपमा रेनु दाहालले आठ वर्ष लगातार काम गर्न पाउनुभयो, यदि उहाँले नौ महिनामात्र पाएको भए भरतपुरमा यो तहको विकास हुने थिएन”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा मन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेमा आशङ्का नगर्न पनि आग्रह गर्नुभयो । साथै आफू निर्वाचनमा उठ्ने विषयमा कुनै पनि निर्णय नगरेको स्पष्ट पार्नुभयो । रासस