२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीको वातावरण बनाउन तीन तहकै सरकारको समन्वय आवश्यक छ : उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी र विदेशी लगानी आकर्षित गर्न तीन तहकै सरकारले आपसी समन्वयमा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

शुक्रबारदेखि सुरुभएको खोटाङ्ग महोत्सवलाई सम्बोधन गर्दै ढकालले नयाँ संघीय संरचना अनुसार तीन तहको संरचनाले व्यवसायिक वातावरणमा समस्या परेको बताउँदै यसलाई समाधान गरेर मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले नेपालको प्रदेश नं. १ जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन लगानीमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो ।

स्थानीयस्तरमा गरिने यस्ता मेला महोत्सवले स्थानीय सीप तथा उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारीहरु, जिल्लानगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी लगायत स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो ।